विश्वमा एकैदिन ११ हजार ७८१ को मृत्यु | Khabarhub Khabarhub

विश्वमा एकैदिन ११ हजार ७८१ को मृत्यु


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५  हजार ६७२ पुगेको छ ।

एकैदिन विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टाको अविधमा ११ हजार ७८१ जनाको मृत्यु भएको  छ।

अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ६ : ३७ बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ