अब महासंघभित्रको राजनीतिक विकृति हटाउँछौं : वरिष्ठ उपाध्यक्ष गोल्छा | Khabarhub Khabarhub

अब महासंघभित्रको राजनीतिक विकृति हटाउँछौं : वरिष्ठ उपाध्यक्ष गोल्छा


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्रको राजनीतिक विकृति हटाउनुपर्ने बताएका छन् ।

महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोतर्फ इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्नुपर्ने बताए ।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई आफूले रोजेको स्पस्ट पारे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने  विश्वास व्यक्त गरे ।

‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ। राजनीतिको क्यान्सर। अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ। जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ’, उनले भने, ‘अरु कोही व्यक्ति जो निर्वाचित छैनन उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिदैनौँ। किन भने यो सबै विकृति हो भन्ने मलाई लाग्छ।’

सबै पूर्व अध्यक्षहरूसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताए ।

निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफूले नेतृत्व गर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ३० बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना