कस्तो बन्ला राजेश हमालले निर्देशन गर्ने फिल्म ? | Khabarhub Khabarhub

कस्तो बन्ला राजेश हमालले निर्देशन गर्ने फिल्म ?


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले फिल्ममा अभिनय नगरेको लामो समय भयो । पछिल्लो समय उनले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय गर्ने चर्चा थियो । तर, हमालले भने समय दिन नसकेको भन्दै यो फिल्म पनि रिजेक्ट गरे ।

कैयन् वर्षदेखि हमालले आफै फिल्म निर्देशन गर्ने चर्चा चलेको छ । कतिपयले महानायक मान्ने यी अभिनेताले कस्तो फिल्म तयार पार्लान् भन्नेमा धेरैलाई जिज्ञासा छ ।

हमालले आफै निर्देशन गर्ने भनेपछि अझ धेरैमा चासो हुनु पनि सामान्य नै हो । हालै हमालले आफूले कोरोना भाइरस महामारीपछिको अवस्था सामान्य भएपछि फिल्म मेकिङमा जुट्ने बताएका थिए ।

अहिले कोरोना कहरका कारण कुनै फिल्म पनि निर्माण र रिजिल हुन सकेका छैनन् । तर, कतिपय कलाकार भने काममा फर्किसकेका छन् ।

सानो पर्दा र विज्ञापनमा व्यस्त हमालले फिल्म बनाउनेबारे औपचारिक जानकारी भने अझै दिएका छैनन् । तर, दर्शकलाई उनले बनाउने फिल्म कस्तो बन्ला भन्नेमा चासो बढेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : ५१ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।