'दशैँमा घर जान हत्ते नगरौँ, बुबाआमामा रोग सर्ने खतरा छ' | Khabarhub Khabarhub

‘दशैँमा घर जान हत्ते नगरौँ, बुबाआमामा रोग सर्ने खतरा छ’


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यो पटकको दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न आग्रह गरेको छ। कोरोना संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन्। उनले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि भनेका छन्।

पत्रकार सम्मेलनमा उनले भने, ‘ठूला चाडबाड आउँदैछन्। हामी गाउँगाउँ जाँदै छौँ । एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेका छैनौँ। जेष्ठ नागरिकसँग कोरोना सँग लड्ने क्षमता कम हुन्छ। उहाँहरुलाई संक्रमण भए अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ। त्यसैले दशैँ अर्को पटक पनि आउँछ। बा आमा कहिल्यै आउनुहुन्‍न।’

उनले कोरोना आफैँ नसर्ने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन्। उनले भने, ‘कसैलाई भेट्नै परे सामाजिक दूरी कायम गरौँ। जेष्ठ नागरिकलाई भेट्न परे दूरी राखेर भेटौँ। अंकमाल गर्ने नगरौँ, बुढा बुढीले प्रयोग गर्ने सामान सफा गरौँ, औषधी र खानपानको विशेष ख्याल गरौँ ।’

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ०८ बजे

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा 

सर्लाही– अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको

विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक