बर्जर पेन्ट्स नेपालको ‘बर्जर कलर स्प्लास’ ग्राहक योजना | Khabarhub Khabarhub

बर्जर पेन्ट्स नेपालको ‘बर्जर कलर स्प्लास’ ग्राहक योजना


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रालिले महान चाड बडा दशैं र तिहारको अवसरमा ‘बर्जर कलर स्पलास’ शुरू गरेको छ । यो योजना असोज १५ गतेदेखि लागू गरिएको छ ।

ग्राहकहरुले यस योजना अन्तर्गत १०० वर्ग फिट बराबरको सिल्क डिजाइन पेन्टस् पक्का उपहार प्राप्त गर्न बर्जर पेन्ट्सको योजनामा उल्लेखित ब्राण्डहरु खरीद गर्नु पर्नेछ । योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद रु.५ लाख प्राप्त गर्नेछन् । अन्य पुरस्कारहरुमा रु २ लाख २ जनालाई, रु ५० हजार ५ जनालाई र सामसुङ्ग मोबाइल फोन १०० जनालाई प्रदान गरिनेछ ।

उपभोक्ताहरुले बर्जर पेन्टले रँगाइएको घरको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन् । घरधनीहरुले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी लिन नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् ।

यो योजना बर्जरका प्रमुख उत्पादनहरु जस्तैः वेदर कोट लङ लाइफ, वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्क लक्जरी, इजि क्लिन एक्सपी र इजि क्लिनमा लागू गरिएको छ ।

बर्जर पेन्ट्स नेपालमा सजावटी पेन्टहरुको अग्रणी हो र यसले सिल्क ब्रेथ इजि, इजि क्लिन, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी शृँखलाका सम्पूर्ण उत्पादनहरु जस्ता नवीनतम खोजका उत्पादनहरु बजारमा प्रस्तुत गरिसकेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : ०४ बजे

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल

सर्लाहीमा आगलागीबाट करोडौँको क्षति

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति