निःशुल्क भिसा नवीकरण गर्ने यूएईको निर्णय, ओभरस्टे बापतको जरिवाना नलाग्ने | Khabarhub Khabarhub

निःशुल्क भिसा नवीकरण गर्ने यूएईको निर्णय, ओभरस्टे बापतको जरिवाना नलाग्ने



दोहा- यूएईमा मार्च १ पछिको भिसा अवधि सकिएकाको निःशुल्क नवीकरण हुने भएको छ ।

गत मार्च १ देखि जुलाई १२ सम्म भिसाको अवधि सकिएकाले अझै १० दिन अर्थात अक्टोबर १० सम्म बिना शुल्क भिसा र बसोबासको अनुमति नवीकरण गर्न सकिने गल्फ न्यूजले जनाएको छ ।

भिसा अवधि सकिएका आप्रवासी श्रमिकले दश दिनभित्र भिसा नवीकरण गरेमा ओभरस्टे बापतको जरिवाना तिर्न नपर्ने जनाइएको छ ।

यस्तै जुलाई १२ भन्दा पछि भिसाको अवधि सकिएकाले पनि अबको एक महिनाभित्र भिसा नवीकरण गर्न सक्नेछन् ।

दुबईस्थित आमर विभागका निर्देशक मेजर सलीम बिन अलीका अनुसार कोरोना महामारीका कारण नियमहरू परिवर्तन हुँदैछन् । कुनै पनि परीक्षणका लागि आमेर कल सेन्टरहरू सम्पर्क गर्न सकिने जनाएका छन् ।

नयाँ नियम र निर्णयहरू बारे आधिकारिक च्यानलहरूबाट मात्र सही जानकारी लिन पनि उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ०१ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्