पैसा लेनदेनको विवादमा पुजारीको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक | Khabarhub Khabarhub

पैसा लेनदेनको विवादमा पुजारीको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पैसा लेनदेनमा विवाद भएपछि रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम साहको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पुजारी साहको हत्यामा संलग्‍न भएको अभियोगमा प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई भारतबाट पक्राउ गरी ल्याएर सार्वजनिक गरेको छ।

उनीहरु दुवैले प्रहरीलाई दिएको बयानमा पुजारीले ब्याजमा दिएको रकम लेनदेनमा विवाद भएपछि गोली हानेर हत्या गरेको स्वीकारेको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताएका छन्।

हत्यामा संलग्‍नमध्ये रामनरेश पटेलका बुवाले पुजारीसँग ब्याज तिर्ने गरी लिएको रकम तिर्ने कुरामा विवाद भएको थियो।

पुजारीले रकम तिर्न दबाब दिएपछि यही भदौ ३ गते राति उनीहरुले पुजारी साहको गोली हानेर हत्या गरेका थिए।

पुजारी साह र हत्यामा संलग्‍न पटेलबीच यसअघि पनि गाउँमा मनमुटाव हुने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्‍नमध्ये रामनरेश र बालकुमारलाई प्रहरीले भारतको बिहार राज्यमा पुगेको अवस्थामा पक्राउ गरेर नेपाल ल्याएको हो।

पुजारीको हत्या भएपछि रौतहटकै देवाही गोदाही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल अझै फरार रहेका छन्।

पक्राउ परेका दुवैजनाविरुद्ध जिल्ला अदालत गौरमा १० दिन म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ०१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल