तापसीपछि रियाको समर्थनमा उत्रिइन् विद्या बालन | Khabarhub Khabarhub

तापसीपछि रियाको समर्थनमा उत्रिइन् विद्या बालन


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रियालाई सामाजिक सञ्जालमा दोषी देखाउँदै गाली आउने क्रम बढिरहेको छ ।

सुशान्तका बुबा केके सिंहले रियामाथि आरोप लगाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई तारो बनाइरहेका छन् । भारतीय मिडियाहरुले पनि रियाका बारेमा कैयन् समाचार प्रकाशन गरेका छन् ।

यसैबीच बलिउड कलाकार विद्या बालन रिया चक्रवर्तीको पक्षमा उभिएकी छिन् । उनले रियामाथि ‘घटिया कुरा’ भएको र यसले मन दुख्ने बताएकी छिन् ।

राजपूतलाई आत्महत्या गर्न उक्साएको र उनको पैसा खर्च गरेको भन्दै सीबीआईले रियामाथि सोधपुछ गरिरहेको छ ।

सामाजिक सञ्जालमा रियालाई अपराधीझैं व्यवहार गरेको प्रश्न उठ्ने गरेको छ ।

‘यो निकै दुर्भाग्य हो कि, हाम्रा प्यारा सितारा सुशान्त सिंह राजपूतको असमय मृत्यु मिडिया सर्कस बनेको छ,’ विद्याले ट्वीट गरेर भनेकी छिन्, ‘महिला हुनुको नाता, रियाको विरुद्धमा भएका घटिया कुराले मलाई चोट पुगेको छ, आऊनुस्, एक नागरिकको संवैधानिक अधिकारका लागि केही सम्मान देखाएर कानूनलाई आफ्नो काम गर्न दिऊँ ।’

विद्या बालनको यो ट्वीटपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले लगातार उनलाई ट्रोल बनाउन थालेका छन् । उनलाई बहिष्कार गर्ने पनि फ्यानले बताएका छन् ।

यसअघि अर्की कलाकार तापसी पन्नुले पनि यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेकी थिइन् । उनले ट्वीटमार्फत रिया चक्रवर्तीको समर्थन गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘व्यक्तिगत हिसाबमा म न सुशान्तलाई चिन्छु, न रियालाई नै, तर यति मैले जानेकी छु कि, न्यायपालिकाभन्दा पहिले कसैलाई दोषी साबित गर्नु गलत हो, कानूनमा विश्वास गर्नुस् ।’

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ३४ बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल