लक्ष्मीको कृपा पाउन पूर्णिमाको दिन गर्नुहोस् पूजा | Khabarhub Khabarhub

लक्ष्मीको कृपा पाउन पूर्णिमाको दिन गर्नुहोस् पूजा


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रमाले आफ्नो पूर्ण आकृती लिने दिनलाई पूर्णिमा भनिन्छ । पूर्णिमा माता लक्ष्मीको प्रिय दिन हो ।

धार्मिक मान्यता अनुसार चन्द्रमा मनको कारक र आमाको सूचक हो । ज्योतिषशास्त्रका अनुसार चन्द्रमा कर्कट राशीको स्वामी हो । पूर्णिमाको दिन निम्न उपाय गरेमा जीवनमा लक्ष्मी कृपा प्राप्त हुने धार्मीक मान्यता छ ।

शास्त्र अनुसार पूर्णिमाका दिन पिपलको वृक्षमा माता लक्ष्मीको आगमन हुन्छ । तसर्थ यस दिन बिहान नुहाएर पवित्र भई पिपलको रुखमा गुलियो प्रसाद अर्पण गरी अर्घ दिएमा दाम्पत्य जीवनमा मधुरता छाउने छ । पतिपत्नीले एकसाथ चन्द्रमामा अर्घ दिएमा वैवाहिक सम्बन्धको कटुता नास भई दाम्पत्य जीवन सुखमय बन्नेछ ।

आर्थिक समस्यासंग जुधिरहेकाहरुले पूर्णिमाका दिन चन्द्र उदयको समयमा काचोँ दूधमा चिनी र चामल मिसाई अर्पण गरेमा यो समस्या निवारण भएर जानेछ । अर्पणका क्रममा ॐ स्रां स्रीं स्रौं सः चन्द्रमासे नमः वा ॐ ऐं क्लीं सोमाय नमः को मन्त्र जप गर्नु पर्दछ । यसो गर्नाले बिस्तारै आर्थिक कठिनाई हटेर आर्थिक लाभको बाटो खुल्दछ ।

पूर्णिमाका दिन माता लक्ष्मीको प्रतिमाको सामु ११ वटा कौडालाई चढाई त्यसलाई बेसारको टीका लगाएर रातभर छाड्नु पर्दछ । बिहान उक्त कौडालाई शुद्ध रातो कपडामा बेरेर आफ्नो धनसम्पती राख्ने स्थानमा राखेमा घरमा कहिल्यै धनको अभाव हुदैन ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ३७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई