कोरोना नियन्त्रणमा सरकारको काम निष्प्रभावी भयो, आन्दोलनमा जुटौं : अध्यक्ष थापा | Khabarhub Khabarhub

कोरोना नियन्त्रणमा सरकारको काम निष्प्रभावी भयो, आन्दोलनमा जुटौं : अध्यक्ष थापा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

पार्टी सम्वद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको बताए ।

उनले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता औल्याए । उनले नवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गरे । अध्यक्ष थापाले सांगठनिक सुदृढीकरणका गतिविधिमा केन्द्रीत हुनुपर्नेमा समेत जोड दिए ।

सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघन रुपमा सञ्चालन गर्न निर्देशन दिए ।

नेकपा र नेपाली काँग्रेसको विकल्पको रुपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने दृढता व्यक्त गरे ।

सो अवसरमा विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए भने अन्य पार्टी नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : ५४ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित