कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

कतारबाट २१ औ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए



दोहा : कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजिकरणमा कतारबाट आज १५० जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाली एयरलाइन्सको जहाजमा ८ महिलासहित १५० जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितिय सचिव भुवन भट्टले जानकारी दिएका छन् ।

यस्तै सो जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएका दुई वटा शव पनि अन्तिम सस्कारको लागि नेपाली पठाईएको सचिव भट्टले बताए ।

स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितिय सचिव भट्टलगायत नेपाली संघसस्था प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अर्को उडान अगष्ट ३ र ४ मा नेपाल एयरलाइन्स तथा अगष्ट ३, अगष्ट ५ मा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : २७ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि