सिरी 'ए' च्याम्पियन युभेन्टस रोमासँग पराजित | Khabarhub Khabarhub

सिरी ‘ए’ च्याम्पियन युभेन्टस रोमासँग पराजित


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस अन्तिम खेलमा रोमासँग पराजित भएको छ ।

रोमाविरूद्धको खेलमा शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा घरेलु मैदानमै युभेन्टस ३–१ को नमिठो हार बेहोर्न बाध्य भयो ।

रोमाको जीतमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल नै युभेन्टसका लागि सान्त्वना बन्यो ।

जीतसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्को सिजनको युरोपा लिग खेल्ने पक्का भइसकेको छ । पराजित युभेन्टस ८३ अंकमा रोकियो ।

तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ४० बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा