चीनसँग रेलवे सम्झौता अवैध भएको केन्याको अदालतद्वारा ठहर | Khabarhub Khabarhub

चीनसँग रेलवे सम्झौता अवैध भएको केन्याको अदालतद्वारा ठहर


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केन्याले चीनसँग गरेको तीन अर्ब २० करोड अमेरिकी डलरको रेलवे सम्झौता केन्याको अदालतले अवैध भएको ठहर गरेको छ ।

केन्या सरकार र चाइना रोड एन्ड ब्रजि कर्पोरेशनबीच भएको सम्झौता अवैध भएको ठहर गरिएको हो ।

केन्या रेलवेले मुलुकको कानूनको उल्लंघन गर्ने बीआरआई अन्तर्गतको अर्बौं लगानीको परियोजना गर्दा मुलुकको आधारभूत कानूको उल्लंघन गरेको अदालतको ठहर छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकारकर्मी ओकिया ओमताह र केन्या कानूनी समाजले संयुक्तरुपमा यसविरुद्ध सन् २०१४ मा मुद्दा दायर गरेका थिए । उनीहरुले उक्त रेलवे सम्झौतामा आएको रकमले रेलवे निर्माण कार्य रोक्‍न माग गर्दै मुद्दा दायर गरेका थिए ।

अदालतले रेलवे सार्वजनिक परियोजना भएकोले यसको प्रक्रिया निष्पक्ष, प्रतिस्पर्धा र पारदर्शी हुनुपर्ने बताएको छ ।

सन् २०१४ मा सीआरबीसीले केन्याको मोम्बासा बन्दरगाहदेखि नैरोबीसम्म रेलमार्ग निर्माण गर्ने सम्झौता गरेको थियो ।

त्यसपछि चिनियाँ कम्युनिकेशन कन्सट्रक्सन कम्पनीले नैरोबीदेखि नैभाषासम्म रेलमार्ग निर्माणका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको अर्को परियजना बनाउने सम्झौता गरेको थियो ।

दुबै परियोजना सम्पन्‍न भएर सञ्‍चालनमा आइसकेका छन् । उक्त रेलवेले कमाउने रकम केन्या सरकारलाई नबुझाएको भन्दै सांसदहरुले प्रश्‍न उठाएका थिए । केन्यास्थित चिनियाँ दूतावासले केन्या सरकारले रेलमार्ग निमार्णका लागि लगानी भएको रकम फिर्ता गरिनसकेको बताएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : ३० बजे

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान