गलवानमा चिनियाँ सेना मारिएको स्वीकार गर्दा अशान्ति निम्तिनेमा चीन चिन्तित | Khabarhub Khabarhub

गलवानमा चिनियाँ सेना मारिएको स्वीकार गर्दा अशान्ति निम्तिनेमा चीन चिन्तित


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गत जून १५ मा भारत-चीनबीच भएको हिंसात्मक झडपमा चिनियाँ सेनाले ज्यान गुमाएको विषय सार्वजनिक गर्दा अशान्ति निम्तिन सक्ने खतरा हुने भन्‍दै चीन चिन्तित बनेको छ ।

उक्त घटनामा सरकारले गरेको व्यवहारबाट अवकाश प्राप्त सैनिकहरुले नै राष्ट्रपति सी चीनफिङविरुद्ध सशस्त्र विद्रोह सुरु गरेका छन् ।

कम्युनिस्ट पार्टी नेताका छोरासमेत रहेका जियान्ली याङले गलवान भ्यालीमा मारिएका चिनियाँ सैनिकको बारेमा स्वीकार गरेर तथ्यांक सार्वजनिक गर्दा अशान्ति हुने खतरा हुने बेइजिङलाई चिन्ता भएको बताएका छन् ।

गलवान भ्यालीमा भएको झडपमा भारतका तर्फबाट २० सैनिक मारिएका थिए । याङका अनुसार उक्त झडपमा चीनतर्फ भारतकोभन्दा बढी क्षति भएको छ ।

उनले लेखेका छन्, “चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य शक्ति भनेकै चिनियाँ सैनिक हुन् । यदि चिनियाँ सेनाको भावना चोट लागेमा उनीहरु एकबद्ध भएर चीन सरकारविरुद्ध खनिनेछन् । उनीहरु एकजुट भएमा राष्ट्रपति सी नै अप्ठ्यारो स्थितिमा पर्न सक्छन् ।”

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले पीएलएका भेटरानहरुलाई अवमूल्यन नगर्न र सरकारविरुद्धको सम्भावित विद्रोहलाई भड्किन नदिन सचेत हुनुपर्ने सुझाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता समेत उक्त झडपमा मारिएका चिनियाँ सेनाको बारेमा खुलाउन डराइरहेका छन् ।

भारतीय मिडियाका अनुसार उक्त झडपमा चीनका ४० जनाभन्दा बढी मारिकएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ६ : ३१ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार