संघीय संसदको बजेट अधिवेशन अन्त्य | Khabarhub Khabarhub

संघीय संसदको बजेट अधिवेशन अन्त्य


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएको छ ।

यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।

वैशाख २६ गते शुरु भएको संसदको बजेट अधिवेशन सर्वाधिक चर्चामा रहेको एमसीसी सम्झौताबारे कुनै पनि निर्णय नगरी अन्त्य भएको छ ।

सामान्यतया संसद राति १२ बजेदेखि अन्त्य हुने सूचना आउने गरेकोमा यो पटक भने अपराह्न ५ बजे नै अन्त्य भएको सूचना जारी भएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  २ : २६ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।