अमेरिकन कमेडियन कार्ल रिनरको निधन | Khabarhub Khabarhub

अमेरिकन कमेडियन कार्ल रिनरको निधन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका लेखक तथा कलाकार कार्ल रिनरको निधन भएको छ । ९८ वर्षीय कार्लको सोमबार निधन भएको उनका छोरा रोम रिनरले ट्वीटरमार्फत जानकारी गराएका छन् ।

‘गएको राति मेरा बुबा बित्नुभयो, यो लेख्दा म निकै पीडामा छु,’ उनले लेखेका छन् । सीएनएनका अनुसार कार्लको आफ्नै घरमा निधन भएको छ ।

७० वर्षको करिअरमा उनले इट्स अ म्याड, ह्याप्पी एनिभर्सरी, द रसियन आर कमिङ, द जर्क लगायतका फिल्ममा काम गरेका छन् । हलिउडमा उनलाई निर्माता, लेखक, कमेडियन र कलाकार, निर्देशकका रुपमा चिनिन्छ ।

सात दशक लामो करिअरमा उनले कैयन् अवार्ड जितेका छन् । कार्लको निधनपछि हलिउड फ्यानहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १२ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र