नयाँ खोप रोटा भाइरस 'राष्ट्रिय खोप कार्यक्रम'मा समावेश | Khabarhub Khabarhub

नयाँ खोप रोटा भाइरस ‘राष्ट्रिय खोप कार्यक्रम’मा समावेश


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बालबालिकालाई दिइने नयाँ खोप रोटा भाइरस राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मन्त्रालयमा गरेको एक कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले रोटा भाइरस खोप नेपालमा शुभारम्भ भएको घोषणा गरेका हुन् ।

नयाँ खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको घोषणा गर्दै मन्त्री ढकालले राष्ट्रिय खोप कार्यक्रम जनस्वास्थ्यका सफल कार्यक्रम मध्ये एक भएको बताए ।

विश्वमा भएका नयाँ तथा प्रयोगमा रहेका खोपहरुलाई रोगभारको आधारमा राष्ट्रिय खोप कार्यक्रममा समावेस गर्ने नीति अनुसार रोटा भाइरसलाई राष्ट्रिय खोप कार्यक्रममा समावेस गरिएको मन्त्री ढकालले बताए ।

उनले भने, ‘नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप सेवामा रोटा भाइरस विरुद्धको नयाँ खोप र सरसफाइ प्रवर्द्धन कार्यक्रम सुरुवात गर्ने घोषणा गरेको छ ।’

नेपालमा ५ वर्ष मुनिका बालबालिका मध्ये वार्षिक करिव ११ लाख कुल संख्याको ३८ प्रतिशत बालबालिकामा झाडापखाला लाग्ने गरेको मन्त्री ढकालले बताए ।

यस्तै झाडापखाला भएर अस्पताल भर्ना भएका मध्ये करिव ३० प्रतिशत बालबालिकामा रोटा भाइरसको कारणले झाडापखाला लाग्ने गरेको मन्त्री ढकालले जानकारी दिए ।

पखालाको कारणबाट हुने मृत्युमा रोटा भाइरस प्रमुख कारण भएको पनि मन्त्री ढकालले बताए । मन्त्री ढकालले नियमित खोप सेवासँगै सरसफाइ प्रवर्द्धन कार्यक्रम पनि शुभारम्भ गरिएको बताए ।

‘नेपाल सरकारले शिशु तथा बालबालिकाको स्वास्थ्य रक्षाका लागि यो समस्या न्युनीकरण गर्न नयाँ खोप कार्याक्रममा रोटा खोप समावेश गरेको हो, ’ मन्त्री ढकालले भने, ‘झाडापखालाको कारणमध्ये करिव ३० प्रतिशत कारण रोटा भाइरस भएको र अन्य धेरै कारणहरुबाट समेत झाडापखला हुने गर्छ,  झाडापखाला रोकथाम तथा नियन्त्रण गर्न खोपबाट मात्र सम्भव नहुने हुँदा शिशु तथा बाल पोषणमा सुधार र सरसफाइमा प्रवर्द्धन गर्न यसै आर्थिक वर्षदेखि नियमित खोप सेवामा रोटा खोप सँगै सरसफाइ प्रर्वद्धन कार्यक्रमलाई एकीकृत गरिएको छ ।’

मन्त्री ढकालले सो कार्यक्रमका लागि वार्षिक करिव ६ लाख २० हजार आमा तथा अभिवाकहरुलाई बाल पोषण तथा शिशु तथा बच्चाको खानाको सुरक्षा, सरसफाइ र पूर्ण खोप कार्यक्रमका लागि मासिक १६ हजार खोप केन्द्रमा ६ वटा व्यवहार समावेश गरी खोप कार्यक्रम र सरसफाइ शुभारम्भ भएको बताए ।

उक्त कार्यक्रमले बालबालिकामा हुने संक्रामण रोगहरु नियन्त्रण हुने मन्त्री ढकालले बताए ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतमासिक १६ हजार खोप केन्द्र मार्फत ११ वटा रोगको विरुद्धमा १५ महिना सम्मका बालबालिकाहरुलाई निशुल्क खोप सेवा दिइरहेको मन्त्री ढकालले बताए ।

राष्ट्रिय खोप कार्यक्रमले वार्षिक करिव ६ लाख २० हजार भन्दा बढी बालबालिकाहरुलाई संक्रामक तथा प्राणघातक रोगबाट सुरक्षित गरिएको मन्त्री ढकालले बताए ।

खोपकै माध्यमबाट विश्वभर विफर रोग उन्मुलन भएको मन्त्री ढकालले बताए । उनले खोपकै कारण पोलियो रोग उल्मुलन हुने चरणमा रहेको पनि बताए ।

‘नेपाल सन् २०१० देखि पोलियो शुन्य अवस्था रही हामी पनि पोलियो उल्मुलनको तयारीमा रहेका छौं,’मन्त्री ढकालले भने, ‘ संक्रामक र बाल मृत्युको प्रमुख कारणको रुपमा रहेको दादुरा रुवेला रोगको नियन्त्रण गरी सन् २०२३ सम्मका दक्षिण एसियाबाट निवारण गर्ने लक्ष्यका साथ तयारी भइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’

खोपकै मध्यामबाट नेपालमा संक्रामक तथा प्राणघातक रोगहरु नवशिशु धनुष्टंकार सन् २००५ देखि निवारणको अवस्थामा रहेको, दादुरा रुवेला, निमोनिया, जापनिज इन्सिफ्राइटिस, लहरे खोकी, भ्यागुते रोग, हेपाटाइटिस बी आदि नियन्त्रण भएको र नेपालको बाल मृत्युदरमा कमी आएको समेत मन्त्री ढकालले बताए ।

बालबालिकामा देखिने विभिन्न रोग निवारणका लागि खोप कार्यक्रमण प्रभावकारी भएको मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले नेपालमा अझै पनि एक प्रतिशत बालबालिका खोप शुन्य अवस्था अर्थात खोप सेवा पाउनबाट बञ्चित रहेको र २१ प्रतिशत बालबालिकाले आंशिक रुपमा मात्र खोप पाएको बताए ।

उनले खोप सेवाबाट बञ्चित रहेकालाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले विश्वभर ५ वर्ष मुनिका बालबालिकाहरुमा मृत्युको मुख्य कारण झाडापखाला भएको बताए । विश्वभर अकाल मृत्यु हुने बालबालिका मध्ये ८ प्रतिशतको पखालाको कारण मृत्यु हुने गरेको छ ।

पखालाको कारण मृत्यु हुने कुल मृत्यु मध्येमा एक तिहाई मृत्यु रोटा भाइरसको कारणबाट मृत्यु हुने गरेको डा गौतमले बताए ।

डा गौतमका अनुसार नेपालका ५ वर्ष मुनिका १२ लाख बालबालिका मध्ये ३८ प्रतिशत बालबालिकालाई पखाला लाग्ने गरेको छ । त्यसमध्ये साढे ४ लाख बालबालिकाहरुलाई रोटा भाइरसको कारण पखाला लाग्ने गरेको डा गौतमले जानकारी दिए ।

नेपालमा रोटा भाइरसको कारण बालबालिकाहरुमा पखालाको समस्या बढी भएको पाइएपछि सन् २०१२ देखि नियमित खोप सेवामा रोटा भाइरसलाई समावेश गर्ने योजना अनुसार यसवर्ष देखि रोटा खोप शुभारम्भ गरिएको बताए ।

डा गौतमले रोटा खोप सेवा प्रदान गर्न निर्देशिका बनाइसकेको र स्वास्थ्यकर्मीहरुलाई पनि तालिम दिइसकिएको बताए ।

राष्ट्रिय खोप कार्यक्रमण अन्तरर्गत असार २ गते नै रोटा खोप विभिन्न प्रदेशमा र जिल्लाहरुमा पठाइसकिएको डा गौतमले बताए ।

डा गौतमका अनुसार रोटा भाइरस विरुद्धको खोप जन्मेदेखि ६ हप्तामा र १० हप्तामा बालबालिकालाई २ पटक खुवाइन्छ । बालबालिकालाई उक्त खोप १ दशमलन ५ मिलिलिटर खुवाइन्छ ।

यो खोप एकजना बालबालिकालाई ५ सय १६ रुपैयाँ पर्छ । नेपालमा एकवर्ष खोप लगाउनुपर्ने बालबालिकाको संख्या ६ ला २० हजार भन्दा बढी रहेको डा गौतमले बताए ।

सरकारले रोटा भाइरसको खोप ग्लोबल भ्याक्सिन अलाइन्सको सहयोगमा नेपालमा राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ११ : ३४ बजे

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ