डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु | Khabarhub Khabarhub

डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ।

मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतको भेरी नदीले बगाउँदा मृत्यु भएको हो ।

गाईबस्तु चराउन गएका बालिकाहरु नदी पारी गाईबस्तु गएपछि फर्काउन गएका थिए। सोही क्रममा उनीहरुलाई नदीले बगाएको डोल्पाका डिएसपी नारायण रञ्जितकारले बताए।

यशोधा भण्डारी र बिजय कठायतलाई बगेको स्थानदेखि दुई किलोमिटर तलबाट प्रहरीले उद्धार गरेको थियो। उद्धारपछि जिल्ला अस्पताल पुर्याएपनि अस्पतालले पहिले नै मृत्यु भइसकेको बताएको डिएसपी रञ्जितकारले बताए। गंगा कठायतको भने ५ किलोमिटर तल शव फेला पारेको थियो।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ६ : ३२ बजे

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग