खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार १२० पुग्यो | Khabarhub Khabarhub

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार १२० पुग्यो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १२० जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार ६२३ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५२५ जनाको मृत्यु भएको छ । त्यहाँ ८७ हजार १४२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६६ जनाको मृत्यु भएको छ भने ३५ हजार १९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २२० जनाको मृत्यु भएको छ भने २७ हजार ७६२ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ५० जनाको मृत्यु भएको छ भने १२ हजार २२३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ४० जनाको मृत्यु भएको छ भने ५८ हजार ४३३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ ११ हजार ८७१ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : २५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड