धादिङकी २६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा | Khabarhub Khabarhub

धादिङकी २६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङकी एक महिललाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्माएकी हुन्।

पहिलो पटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्।

चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्।

जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो। तीनै बच्चा स्वस्थ छन्।

स्वास्थ्य सामान्य भएपछि २८ औं दिन सोमबार डिस्चार्ज गरिएको प्रसूति गृहले जानकारी दिएको छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : ३९ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल