कोरोना महामारीकाबीच थप चार स्थानमा 'बीओपी' स्थापना | Khabarhub Khabarhub

कोरोना महामारीकाबीच थप चार स्थानमा ‘बीओपी’ स्थापना


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी (बीओपी) थप गर्दै लगेको छ ।

कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आएको बताएका छन् ।

डडेल्धुराको जोगबुढासहित दुई स्थान, बैतडीको झुलाघाट, दार्चुलाको छाङरुङ, हुम्लाको हिल्सा र मुस्ताङको कोरोला नजिक लोमाङ्थाङको नेचाङमा नयाँ बीओपी स्थापना गरिएको छ । ती पोस्टहरूको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गरेका छन् ।

सशस्त्र प्रहरी बलका अनुसार उत्तरी नाकाअन्तर्गत सङ्खुवासभाको किमाथाङ्का र सिन्धुपाल्चोकको तातोपानी नाकामा यसअघि नै सशस्त्र प्रहरी खटाइएको छ ।

ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा, बझाङ र डोल्पालगायतका जिल्लामा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ ।

भारतसँग सीमा जोडिएको नेपालको उत्तर तथा पूर्व–पश्चिम भागको एक हजार नौ सय किलोमिटर क्षेत्रमा १७ किलोमिटरको दूरीमा बीओपी स्थापना गर्नुपर्ने आवश्यक देखिन्छ । हाल १२१ वटा बीओपी भए पनि तत्कालै २२१ वटा पुर्‍याउने योजना छ ।

सशस्त्र प्रहरी बलले भने नेपाली भूमिको सुरक्षा तथा अतिक्रमण नियन्त्रण र सीमा नाकाबाट हुने अवैध तथा आपराधिक क्रियाकलाप रोक्न पाँच सय बीओपी निर्माणका लागि सरकारसँग प्रस्ताव गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर सुरक्षा विभागका प्रमुख अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा बीओपी थप गरिएसँगै जनशक्ति तथा भौतिक संरचना र क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका छन् ।

करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीमा बीओपी थपिएसँगै दक्ष जनशक्ति थप्नुपर्ने आवश्यकता औल्याइएको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ७ : ४० बजे

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत