क्वारेन्टाइनमा लैजाँदै गर्दा एक जनाको मृत्यु | Khabarhub Khabarhub

क्वारेन्टाइनमा लैजाँदै गर्दा एक जनाको मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहार रहेका छन् । उनको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश फर्किएका थिए। एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उनको शनिबार बिहान बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । उनका अनुसार मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : १५ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज