कोरोना भाइरसको नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशतसम्म भत्ता | Khabarhub Khabarhub

कोरोना भाइरसको नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशतसम्म भत्ता


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।

कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि  शुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् ।

यसैगरी पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पीपीई) लगाएर पेसेन्ट रिसिभिङ टिम (पीआरटी)मा काम गर्नेहरूलाई सरकारले शतप्रतिशत भत्ता दिने भएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पीआरसी गठन गरेको हो ।

त्यस्तै, पीपीई नलगाई पीआरटीमा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् ।

ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजा खर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्रयुटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ ।

सरकारको निर्णय बिहीबार देशभरीका प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : ०९ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।