सर्वोच्चद्वारा सीमामा अलपत्र परेका नेपालीबारे अन्तरिम आदेश जारी गर्न 'अस्वीकार' | Khabarhub Khabarhub

सर्वोच्चद्वारा सीमामा अलपत्र परेका नेपालीबारे अन्तरिम आदेश जारी गर्न ‘अस्वीकार’


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनका कारण नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइनुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गर्न ‘अस्वीकार’ गरेको छ ।

अधिवक्ता मनिष श्रेष्ठ, रामदत्त ओझा, मणिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी गर्न नमानेको हो ।

यद्यपि सोही प्रकृतिको अर्को रिटमाथि अन्तरिम आदेश छलफलको पेशी तोकिएको अवस्थामा अधिवक्ता श्रेष्ठलगायतले दायर गरेको रिटलाई पनि समावेश गर्न सर्वोच्चले आदेश जारी गरेको छ ।

यसअघि अधिवक्ता मिना खड्का समेतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीले चैत २४ गते अन्तरिम आदेश छलफलमा छलफलमा झिकाउन आदेश जारी गरेको थियो ।

बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले पनि अधिवक्ता श्रेष्ठसहितले दायर गरेको रिटमाथि पनि सोही दिन छलफल हुने गरी दुवै निवेदनलाई संयुक्त रुपमा पेश गर्न आदेश दिएको हो ।

अब चैत २४ गते विपक्षी नेपाल सरकार समेतसँगको संयुक्त छलफलपछि उक्त विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लाग्ने छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ४ : ०० बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित