डा बाबुराम भट्टराईको प्रश्न : के पूरै सरकार डिप्रेसनमा हो ? | Khabarhub Khabarhub

डा बाबुराम भट्टराईको प्रश्न : के पूरै सरकार डिप्रेसनमा हो ?


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामलाई लिएर कडा व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा के पूरै सरकार डिप्रेसनमा गएको हो ? भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीको अन्तर्वार्ता पढ्दा पूरै सरकार डिप्रेसनमा पुगेको हो कि भन्ने अवस्थान आएको भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले रक्षा मन्त्री पोखरेलले अस्वस्थ प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालेको भन्दै उनले सरकार डिप्रेसनमा गएको हो ? भन्ने प्रश्न गरेका हुन्।

उनले ट्वीटमा लेखेका छन्-विपत्ती एक्लै आउँदैन भनेको साँच्चै हो कि क्या हो?अस्वस्थ प्रमको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालिरहनुभएका ईश्वर पोखरेलको अल्पभाषी अन्तर्वार्ता पढ्दा र अर्थ,परराष्ट्र लगायतका केही आशा गरिएका मन्त्रीहरूको कुरा सुन्दा पूरै सरकार डिप्रेसनमा हो कि क्या हो?’, उनको ट्वीटम उल्लेख छ।

नयाँ पत्रिकामा पोखरेलको छापिएको अन्तर्वार्तालाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

बाबुराम भट्टराईको ट्वीट यस्तो छ

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ३० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला