बृद्ध हुँदैमा कोरोनाले मरिन्न, भारतमा ९२ बर्षीय बृद्ध उपचारपछि निको | Khabarhub Khabarhub

बृद्ध हुँदैमा कोरोनाले मरिन्न, भारतमा ९२ बर्षीय बृद्ध उपचारपछि निको


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण बृद्धबृद्धा र वालावालिका बढी जोखिममा भनिरहँदा त्यस्तो तर्कलाई भारतीय एक दम्पतिले असत्य सावित गरिदिएका छन् ।

भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमित ९३ वर्षिय एक पुरुष र उनकी ८८ वर्षीया उनकी श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

दुबै जनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भए पनि अन्तिम परीक्षणमा कोरोना नदेखिएपछि उनीहरुलाई घर पठाइने तयारी गरिएको छ ।

दक्षिणी भारतको केरला राज्यका दम्पत्ती आफ्नो छोरी र ज्वाईको सम्पर्कमा आउँदा कोभिड–१९ बाट संक्रमित भएका थिए । दम्पत्तीकी छोरी र ज्वाई इटालीबाट फर्केका थिए ।

बीबीसीका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप र मधुमेहका बिरामी समेत थिए । विश्वब्यापी रुपमा उच्च रक्तचाप र मधुमेहका बिरामी कोभिड–१९ को संक्रमित भए मृत्युको जोखिम उच्च रहने अनुमान गरिएको छ । उनलाई २४ घण्टासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संक्रमित दुबैजनालाई केरलाको कोट्टायम मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

 

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ०० बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार