पैसा चाहिनेले शुक्रबारसम्म आवेदन दिइसक्नुपर्ने | Khabarhub Khabarhub

पैसा चाहिनेले शुक्रबारसम्म आवेदन दिइसक्नुपर्ने


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको महामारीबाट प्रभावितहरुलाई आर्थिक सहायता आवश्यक परेको भए शुक्रबारसम्म आवेदन दिइसक्न न्युयोर्क सिटीले आह्वान गरेको छ ।

आर्थिक सहयता आवश्यक भएका साना विजनेशले आवेदन दिने म्याद अप्रिल ३ सम्ममात्र रहेको जानकारी दिदै यस्तो अपिल गरिएको हो ।

गत मार्च ८ मा न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कोरोनाको महामारीबाट प्रभावित साना विजनेशलाई राहत प्रदान गर्ने घोषणा गरेका थिए ।

न्युयोर्कको कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि आवेदन दिने म्याद अप्रिल ३ को बेलुका ५ बजेसम्ममात्र रहेको छ । त्यसपछि प्राप्त आवेदनहरु अस्वीकार गरिने न्युयोर्क सिटीले जनाएको छ ।

अप्रिल ३ पछि पनि एसबीए ऋण र न्युयोर्कसिटीका साना ब्यापार निरन्तरता ऋणका लागि भने आवेदन दिन सकिनेछ ।

कामदार रिटेन्सन ग्रान्ट कार्यक्रमका लागि योग्य हुनका लागि ५ भन्दा कम कामदार भएको विजनेश हुनुपर्नेछ भने कोरोनाको महामारीका बेलामा समेत कामदारका लागि तलब जारी गरेको हुनुपर्छ ।

त्यस्तै एकदेखि ४ जनासम्म कामदार भएको, विगत ६ महिनादेखि संचालनमा रहेको, कुनै कानुनी जजमेन्टमा नपरेको विजनेशको आम्दानीमा २५ प्रतिशतभन्दा बढी गिरावट आएको खण्डमा यो सहायताका लागि योग्य हुनेछन् ।

यो सहायता अन्तरगत कामदारको तलबको ४० प्रतिशत रकम सिटीले सहायताका रुपमा प्रदान गर्नेछ । एउटा विजनेशले २७ हजार डलरसम्म रकम पाउनसक्नेछ ।

यदि तपाईको विजनेशमा एकसयभन्दा कम कर्मचारीहरु रहेका छन् र कोरोना भाइरसका कारण आम्दानीमा २५ प्रतिशत भन्दाबढी गिरावट आएको छ भने तपाईले ७५ हजारसम्मको विना ब्याजको ऋणका लागि आवेदन दिनसक्नुहुनेछ । त्यसका लागि २ बर्षदेखि संचालनमा रहेको विजनेश हुनुपर्छ ।

यो बाहेक युएस स्मल बिजनेश एड्मिनिस्ट्रेशनले कम ब्याजको ऋण र पेचेक प्रोटेक्सन प्रोग्राम समेत ल्याएको छ ।

पेचेक प्रोटेक्सन प्रोग्रामका लागि ५ सयभन्दा कम कामदार हुने विजनेशले आवेदन दिन सक्नेछन् ।

यो कार्यक्रम अन्तरगत पेरोलका लागि प्रयोग भएको ७५ प्रतिशतसम्म रकम तिर्नु नपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : २८ बजे

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४