अमेरिकामा मास्क अभाव, रुमालबाटै काम चलाउन स्वास्थ्यकर्मीलाई सुझाव | Khabarhub Khabarhub

अमेरिकामा मास्क अभाव, रुमालबाटै काम चलाउन स्वास्थ्यकर्मीलाई सुझाव


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एन – ९५ र सर्जिकल मास्कको चरम अभाव भएपछि स्वास्थ्यकर्मी समेत जोखिममा परेका छन् ।

घर बाहिर निस्कँदा समेत सबै अमेरिकी स्वास्थ्यकर्मीले मास्क लगाउन पाउनुपर्ने मागबारे छलफल चलिरहँदा मास्कको नै चरम अभाव भएपछि तत्काललाई रुमालबाटै काम चलाउन सुझाव दिइएको द वासिङ्टन पोष्टले जनाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक सन्देशमा सामान्य कपडाबाट बनाइएको मास्कले पनि कोरोना भाइरसको संक्रमण रोक्न वा कम गर्न सहयोग गर्ने उल्लेख गरेको छ । तर त्यसमा आममानिसहरु विश्वस्त हुन सकिरहेका छैनन् ।

मास्क अभाव भएपछि यसअघि अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणलाई मास्क नपाएको अवस्थामा स्कार्फ (सल) ले मुख छोप्न सुझाव दिइसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ५० बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय