स्पेनमा ७ नेपाली कोरोना संक्रमित | Khabarhub Khabarhub

स्पेनमा ७ नेपाली कोरोना संक्रमित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि सँगै संक्रमित नेपालीको संख्या ७ पुगेको हो ।

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि ४ जनामा संक्रमण देखिएको थियो । उनीहरुमध्ये ४ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको एनआरएनए स्पेनका प्रवक्ता सुन्दर रानाभाटले जानकारी दिए।

संक्रमितमध्ये ६ जना पुरुष र एक महिला छन् । उपचाररत अन्य ३ जनाको स्वास्थ्यमा पनि उल्लेख सुधार आएको बताइएको छ । समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गर्न लागिएको राना भाटले बताए ।

हालसम्म स्पेनमा १ लाख ४ हजार १ सय १८ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । त्यस्तै २२ हजार ६ सय ४७ जना पूर्ण स्वास्थ्यलाभ गरी घर फर्केका छन्।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ३७ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७