प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सहभागी हुने | Khabarhub Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सहभागी हुने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार(आज) अस्पताल भर्ना हुँदैछन् ।

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने भएका हुन् ।

दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्तकुमार पनि सामेल हुने भएका छन् ।

नेपाली टोलीसँगै उनी पनि टिममा सहभागी हुने स्रोतको भनाइ छ ।

प्राध्यापक डा. अनन्त नेतृत्वको चिकित्सकको टोलीले सन् २००८ मा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो ।

हाल उनी दिल्लीस्थित म्याक्स अस्पतालमा युरोलोजी सर्जरी एण्ड किड्नी ट्रान्सप्लान्टेसन विभागका निर्देशक रहेका छन् ।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने महिलाले मिर्गौला दिने छिन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ५० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको