प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि मन्त्रिपरिषद बैठक बस्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि मन्त्रिपरिषद बैठक बस्ने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि सोमबार(आजै) मन्त्रिपरिषद्को नियमित बैठक समेत बस्नेछ । यसअघि आइतवार(हिजो) राति पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ३१ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार