सरकारले गर्‍यो ६ जना सचिवको सरुवा | Khabarhub Khabarhub

सरकारले गर्‍यो ६ जना सचिवको सरुवा


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गरी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरेको छ ।

त्यस्तै वरिष्ठ सहसचिव रामशरण पुडासैनीलाई कामु सचिवमा बढुवा गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : १५ बजे

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं– इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी

दोलखा– गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन