तीन दिनको मौसम : चट्याङसहित वर्षाको सम्भावना | Khabarhub Khabarhub

तीन दिनको मौसम : चट्याङसहित वर्षाको सम्भावना


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १९ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २० गते (मंगलबार)

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २१ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ५३ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्