पर्यटकको आवरणमा नेपाल आउने विदेशीको अपराध संख्या बढ्दै | Khabarhub Khabarhub

पर्यटकको आवरणमा नेपाल आउने विदेशीको अपराध संख्या बढ्दै



काठमाडौं– विदेशी नागरिक नेपाल किन आउँछन् ? हामी मध्ये धेरैको बुझाई हुन सक्छ घुम्न या व्यापार व्यवसाय गर्न वा जागिर खान ।

यत्तिमात्र बुझ्नु भयो भने तपाईंको बुझाई कम हुन्छ । विदेशी नागरिक गैरकानूनी कामकै लागि आपराधिक मनस्थिति बोकेर पनि नेपाल आउने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, पछिल्लो ५ बर्षको अवधिमा मात्र ३ हजार ५ सयभन्दा बढी विदेशी विभिन्न अपाराधिक घटनामा संलग्न भएको आरोपमा पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा भारत, चीन, युरोप तथा अमेरिकी नागरिक रहेको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए । पर्यटकको आवरणमा नेपाल आउने र आपराधिक गतिविधिमा संलग्न हुने विदेशीको संख्या बढ्दै गएको छ ।

कहिले कति पक्राउ ?

– चालु आर्थिक बर्ष         – ८८१ जना (साउन–माघ)
– आर्थिक वर्ष २०७५/७६ – ८५७ जना
– आर्थिक वर्ष २०७४/७५ – ७३९ जना
– आर्थिक वर्ष २०७३/७४ – ५५५ जना
– आर्थिक वर्ष २०७२/७३ – ४६९ जना

स्रोतः प्रहरी प्रधान कार्यालय

प्रहरी प्रवक्ता थापाका अनुसार, घुम्ने बहानामा नेपाल आएका केही विदेशी नगरिक लागूऔषध कारोवार, वन्यजन्तु तस्करी, मानव बेचबिखन, बाल यौन दुराचार, अपहरणदेखि चोरी तथा लुटपाटका घटनामा समेत संलग्नता भएको पाइएको छ ।

यसबाहेक एटीएम ह्याक, कल बाइपास, सुन तस्करी लगायतका अपराधमा समेत विदेशी नागरिकको संलग्नता देखिएको छ ।

कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, अहिले नेपालका कारागारमा १ हजार २ सय ६५ जना विदेशी कैदीबन्दी छन् । देशभर रहेका ७४ वटा कारागार र ८ वटा बाल सुधार गृहमा गरी जम्मा कैदीबन्दीको संख्या २४ हजार १८ छ ।

विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठका अनुसार, सबै भन्दा बढी २ सय १५ जना विदेशी पर्सा कारागारमा छन् । त्यसैगरी काठमाडौंको जगन्नाथदेवल, डिल्लीबजार, लालितपुरको नख्खु, झापा, इलाम मोरङ, सुनसरी, महोत्तरी, कैलालीलगायतका ३२ कारागारमा विदेशी कैदीबन्दी छन् ।

कुन कारागारमा कति विदेशी कैदीबन्दी ?

– पर्सा जिल्ला कारागार                  – २१५ जना
– काठमाडौं जगन्नाथदेव कारागार    – २०२ जना
– झापा जिल्ला कारागार                 – ११२ जना
– क्षेत्रीय कारागार सुनसरी, झुम्का     – ८२ जना
– ललितपुर नख्खु कारागार             – १२४ जना
– मकवानपुर जिल्ला कारागार         – ६५ जना
– बाँके जिल्ला कारागार                  – ५२ जना
– मोरङ जिल्ला कारागार                – ६५ जना
– कैलाली जिल्ला कारागार              – ३२ जना
– डिल्लीबजार कारागार                 – २७ जना
– महोत्तरी जिल्ला कारागार             – ३० जना
– कास्की जिल्ला कारागार              – २८ जना
– रौतहट जिल्ला कारागार              – २२ जना
– कपिलवस्तु जिल्ला कारागार        – २४
– अन्य                                       – १८६ जना
जम्मा                                         – १२६५

स्रोतः कारागार व्यवस्थापन विभाग

विभागका महानिर्देशक श्रेष्ठका अनुसार, विदेशी कैदीबन्दी मध्ये सवैभन्दा बढी भारतीय र चिनियाँ नागरिक छन् । त्यसैगरी पाकिस्तानी, भुटानी, बंगलादेशी, अफ्रिकन मुलकलगायत युरोप, अमेरिका सम्मका कैदीबन्दी नेपाली कारागारमा छन् ।

महानिर्देशक श्रेष्ठ भन्छन् – ‘कारागारमा रहेका अधिकांश पाकिस्तानी भारतीय जालीनोट, किर्ते राहदानी तथा लागुऔषध ओसारपसारमा संलग्न अभियुक्त हुन् । यस्तै अफ्रिकी र युरोपेली मूलका कैदीबन्दीहरु लागुऔषध कारोबार तथा किर्ते राहदानीमा समेत मुछिएका छन् ।

विदेशी कैदीलाई पाल्दा वार्षिक ९ करोड स्वाहा !

अहिले सरकारले कैदी वन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ पैसा दिंदै आएको छ । यस बाहेक दशैं खर्च, सुत्केरी खर्च, लत्ताकपडा, औषधी उपचार लगाएतमा पनि खर्च हुन्छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक श्रेष्ठका अनुसार, एकजना कैदीबन्दी बापद् सरदर मासिक ६ देखि साढे ६ हजार रुपैयाँ खर्च हुन्छ ।

मासिक ६ हजारमा मात्र खर्च हेर्दा पनि १ हजार २ सय ६५ कैदीबन्दीका लागि मासिक ७५ लाख ९० हजार रुपैयाँ खर्च हुन्छ । यही रकमलाई एकबर्षको हिसाव गर्दा ९ करोड भन्दा बढी रकम विदेशी कैदीबन्दीका नाममा मात्र खर्च भइरहेको छ ।

विदेशी नागरिक अपराधमा किन ?

कारागार व्यवस्थापन विभागको तथ्याङ्क हेर्ने हो भने केही वर्षयता नेपालमा विदेशी कैदीबन्दीको संख्या बढेको देखिन्छ । वि.सं. २०७२ मा १ हजार २८ रहेको विदेशी कैदीबन्दीको संंख्या अहिले १ हजार २ सय ६५ पुगेको छ ।

जानकारहरुका अनुसार, नेपालमा आएर विदेशी नागरिकहहरु विभिन्न अपराधमा संलग्न हुनुको मुख्य कारण भनेको खुला सीमा, कानूनको कमजोर कार्यान्वयन र फितलो अध्यागमन नीति नै हो ।

पूर्वएआईजी नवराज ढकाल भन्छन् – ‘नेपाल आएर विदेशीले अपराध गर्नुको मुख्य कारण यहाँको कानून कार्यान्वयनमा भएको कमजोरी नै हो ।’

ढकालका अनुसार, अधिकांश विदेशी पर्यटकको आवरणमा आउँछन् । यहाँ आएर घर भाडामा लिएर या होटलमा बस्छन् र विभिन्न अपराधको घटनामा संलग्न हुन्छन् ।

पुर्वएआईजी ढकाल भन्छन् – ‘अपराध समाजसँगै रहन्छ, त्यहिं जन्मन्छ र हुर्किन्छ ।’

यसरी पर्यटकको भिसामा आएने विदेशी नेपालमा भित्रिएपछि आपराधिक गतिविधिमा सक्रिय बन्दा त्यसको प्रभाव नेपाली पर्यटन उद्योगमा देखिन्छ ।

तसर्थ नेपाल आउने विदेशी पर्यटकको भूमिकाको सामान्य जानकारी राख्नका साथै अपराध नियन्त्रणका लागि कानून कार्यान्वयनमा लाग्ने सरोकार निकायहरु बलियो बन्नुपर्छ । यसबाहेक विदेशीहरुको अभिलेख प्रणाली बलियो बनाउनुपर्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ४३ बजे

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल

सर्लाहीमा आगलागीबाट करोडौँको क्षति

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा 

सर्लाही– अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको