साउथह्याम्पटनविरुद्ध लिभरपुलको शानदार जित | Khabarhub Khabarhub

साउथह्याम्पटनविरुद्ध लिभरपुलको शानदार जित


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले  मोहमद सल्लाहको २ गोलको मद्दतमा साउथह्याम्पटनबिरुद्ध शानदार  जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो ।

खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । ६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाएका हुन् ।

जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । र, लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।

जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको किर्तिमान पनि बराबरी गरेको छ । यस अघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : ३८ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु