रियलको जितमा करिम बेन्जिमाको गोल | Khabarhub Khabarhub

रियलको जितमा करिम बेन्जिमाको गोल


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा मड्रिड डर्बीमा भएको खेलमा रियलले एट्लेटिकोविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५६ औं मिनेटमा बेन्जिमाले गोल गरेको गोल नै निर्णायक सावित भयो ।

जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ६ अंकले अघि छ । एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : २६ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम