हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर | Khabarhub Khabarhub

हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कर्णाले प्रदेशको हिमाली जिल्ला हुम्लामा भारी हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।

आज विहानै देखि परेको हिमपातका कारण हुम्लाको चिसो निकै बढेको स्थानीले बताएका छन् । बिहान ११ बजेबाट निरन्तर हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन कष्टकर बनेको हो ।

हिमपातसँगै हुम्लाको हवाइ यातायात समेत प्रभावित बनेको छ । हुम्लाको नाम्खाको लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार, खगाँलगाउँ, हेप्का, टाङगिनलगायतका बस्तीमा बाक्लो हिउँ परेको छ ।

हिमपातले सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ८ : २७ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने