फेसबुकका चार एप भए सबैभन्दा बढी डाउनलोड | Khabarhub Khabarhub

फेसबुकका चार एप भए सबैभन्दा बढी डाउनलोड


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका रहेका छन् ।

एप एनीले बताए अनुसार सबै भन्दा बढी डाउनलोड भएका चार एपहरूमा फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन्।

एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो । तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन् २०१४ मा र चौथो स्थानमा रहेको इन्स्टाग्रामलाई सन् २०१२ मा किनेको थियो । ती प्रत्येक एप एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन् ।

“यो राम्रो होइन,” अक्स्फर्ड इन्टरनेट इन्स्टिट्यूटमा वरिष्ठ अनुसन्धानकर्ता रहेका ताहा यासेरी भन्छन् ।

सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप एउटै कम्पनीको हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार रहेको क्स्फर्ड इन्टरनेट इन्स्टिट्यूटमा वरिष्ठ अनुसन्धानकर्ता रहेका ताहा यासेरी बताउँछन् ।

यासेरी भन्छन्, “ती सबैमा भएको व्यक्तिको तथ्याङ्क जोड्दा कुनैपनि व्यक्तिको बानी र सोचबाट धेरै स्पष्ट कुरा थाहा हुन्छ। त्यो शक्तिको स्तर नियमन हुनुपर्छ।”

फेसबुकपछि अमेरिकामा रहेको स्न्यापच्याट छैठौंमा माइक्रोसफ्टको स्काइप रहेको छ । त्यसपछि चिनियाँ कम्पनी बाइटडान्सको टिकटक रहेको छ । आठौं स्थानमा चिनियाँ कम्पनी अलिबाबाको यूसी ब्राउजर रहेको छ । नवौं र दशौं स्थानमा क्रमश अमेरिकी कम्पनी गुगलको युट्युब र अमेरिकी कम्पनी ट्विटर रहेका एप एनीले जनाएको छ ।

यो दशकमै सबैभन्दा बढी डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो जुन डेन्मार्कको किलूले बनाउँछ । क्यान्डी क्रश सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ११ : ५७ बजे

काफल बेचेर मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज

सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे

काठमाडौं–सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् ।

वैशाख २८ गते प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने 

काठमाडौं– वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध

दाताको फेबरमा सरकारले ल्यायो पाँच वर्षे ‘लगानी व्यवस्थापन कार्ययोजना’

काठमाडौं – सरकारले लगानी प्रभावकारिता बढाउने भन्दै दातालाई सजिलो हुने