सशस्त्रका ३ डीआईजीको अवकाश, बढुवाका लागि चलखेल शुरु | Khabarhub Khabarhub

सशस्त्रका ३ डीआईजीको अवकाश, बढुवाका लागि चलखेल शुरु


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलका ३ जना नायब महानिरीक्षक (डीआईजी)ले बुधबार अवकाश पाएका छन् ।

बुधबार अवकाश पाउने डीआईजीहरूमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द धिताल रहेका छन् । उनीहरू सबै २०५१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए ।

सशस्त्र प्रहरी बलको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठलाई भावी नेतृत्वका लागि दाबेदार मानिएको थियो । सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई इमान्दार, भिजन भएको अधिकृतका रुपमा समेत लिने गरिन्थ्यो ।

हालका महानिरीक्षक शैलेन्द्र खनालको उत्तराधिकारीका रूपमा समेत हेरिएका श्रेष्ठको अवकाशलाई सशस्त्र प्रहरीभित्र धेरैले सहज रूपमा लिन सकेका छैनन् ।
सशस्त्र प्रहरीको प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठको नाम र तस्बिर राति नै वेभसाइटबाट हटाइएको छ । र, त्यहाँ सूचना शाखाका प्रमुख डीएसपी अजय छतकुलीलाई सहायक प्रवक्ता भनेर राखिएको छ ।

सशस्त्र प्रहरी बलमा अब्बल अधिकृतका रूपमा चिनिएका श्रेष्ठलाई दरबन्दी थपेर अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन संगठनले धेरै प्रयास गरेको थियो । सो प्रयास असफल भएपछि डीआईजीको कार्यकाल एक वर्ष थप्न लविङसमेत भएको थियो ।

सशस्त्र प्रहरी बलमा ६ ओटा एआईजी दरबन्दी रहेकोमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच ओटा थपेर ११ पुर्‍याएको थियो । हालको सरकारले गत वर्षको जेठमा एआईजीको संख्या घटाउँदै दुईमा झरेको थियो । त्यसबेला तत्काललाई तीन जना एआईजी राख्ने व्यवस्था गर्दै जुनसुकै कारण पद रिक्त भए पनि नथप्ने भन्दै दुई जना रहने व्यवस्था गरेको थियो ।

तर, सशस्त्रको वर्तमान नेतृत्वले दरबन्दी थप गर्न गृह मन्त्रालयसँग पटकपटक माग गरेको थियो । तर, प्रस्ताव अस्वीकृत भएसँगै तीनै जना डीआईजीले सेवा प्रवेश गरेको २५ वर्षमै घर जानुपर्ने बाध्यता आएको हो ।

सशस्त्रको वर्तमान नेतृत्वले सीमा सुरक्षाको विषय जटिल बन्दै गएपछि सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी राख्न सरकारसँग मागसमेत गरेको थियो । यसअघि सीमा सुरक्षा विभागमा एआईजीकै दरबन्दी थियो ।

डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ ।

सशस्त्रमा केही दिनअघि मात्रै डीआईजीत्रय रामप्रकाश श्रेष्ठ, वसन्त बानियाँ र राजुराम सुवालले अवकाश पाएका थिए ।

रिक्त दरबन्दीमा बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक केबी ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, राजेन्द्र अधिकारी, किशोर प्रधानलगायत प्रतिस्पर्धामा छन् ।

अबको केही दिनमा सशस्त्रमा अन्य केही अधिकारी पनि घर जाँदै छन् । २८ माघमा एसएसपीद्वय दमन थापा र फणीन्द्र पौडेल, एसपीहरू राजु महर्जन, रत्न पोखरेल, सुवर्ण थापामगरलगायत पनि अवकाश हुँदै छन् । उनीहरू ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ८ : ०७ बजे

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन