युरिया मल आएपछि पर्साका किसान हर्षित | Khabarhub Khabarhub

युरिया मल आएपछि पर्साका किसान हर्षित


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् ।

साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि खुशी भएका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको छ ।

नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास  वीरगञ्ज कार्यालयमा आइसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । तीमध्ये पर्साका लागि १२ हजार ५०० मेट्रिक टन युरिया चाहिन्छन् ।

स्वीस सिङ्गापुर सप्लायर्सले कोलकाता बन्दरगाह हुँदै रेलमार्गमार्फत वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा सो रासायनिक मल ल्याउने गरेको छ ।

मङ्सिर महिनाभित्र सबै ३० हजार मेट्रिक टन युरिया मल आइपुग्ने सो कार्यालयले जनाएको छ । गहुँ धान, मकैलगायत बर्खेबालीका लागि आवश्यक पर्ने भएकाले अब सो मल आउन थालेपछि यो अभाव समाप्त भएको बताइएको छ ।

लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका जिल्लाका किसानले युरिया मल पाउन थालेपछि धमाधम गहुँ खेती शुरु गरेको किसान विजय पण्डितको भनाइ छ ।

सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असार महिनासम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभावमा धान खेती प्रभावित हुन गएको थियो ।

यसअघि सो कार्यालयले  जिल्लाका १४ स्थानीय तहमा युरिया मल बिक्री गर्ने पुराना सहकारी संस्थाले मल बिक्री गर्दा अनियमितता गर्ने गरेकाले तिनलाई खारेज गरी अबउप्रान्त स्थानीय तहले सिफारिस गरेको सहकारी संस्थालाई मात्र मल बिक्रीवितरण गर्ने अधिकार दिइएको छ ।

एउटा डिलरलाई ४० बोरा युरिया, ४० बोरा पोटास र ८० बोरा डिएपी बिक्रीका लागि दिने गरिएको छ । ती संस्थाले स्थानीय तहले निर्धारण गरेको मूल्यमा मात्र रासायनिक मल बिक्री गर्न पाउनेछन् ।

सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलब ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ५७ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा