प्रेमगीत ३ को लिरिकल गीत करोड क्लबमा | Khabarhub Khabarhub

प्रेमगीत ३ को लिरिकल गीत करोड क्लबमा


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वाधिक प्रतिक्षारत नेपाली चलचित्र प्रेमगीत३ को लिरिकल गीत ‘हर युग होस् प्रेमको’ बोलको गीत नौ महिनामा सर्वाधिक १० मिलियन अर्थात १ करोड भ्यूज पाएको छ ।

प्रेमगीत ३ को शीर्ष गीतको रुपमा रहेको हर युग होस् प्रेमको गीतको लिरिकल भिडियो मात्र रिलिज भएको थियो । यो गीतलाई दर्शकले निकै असाध्यै रुचाएका छन् ।

यो गीतको शब्द राजेश कुमार श्रेष्ठ संगीत एलिश कार्की र आवाज प्रताप दास र प्रविशा अधिकारीको रहेको छ । यो समाचार तयार पारिरहदाँ यस गीतलाई १ लाख १२ हजार ३ सय ५० जनाले लाइक गरेका छन् भने ५ हजार ३ सय ५० जनाले डिसलाइक गरेका छन् । यस्तै गीतमा ७ हजार बढी कमेन्ट प्राप्त छन् ।

चलचित्र प्रेमगीत ३ मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ ।

संतोष सेन निर्माता रहेको फिल्ममा सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । भने कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेको चलचित्र प्रेमगीत ३ लाई सन्तोष सेन र स्वर्गीय निर्देशक छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । गतबर्षको चैत्रमा २८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन रोकिएको थियो हो । हलहरु अहिलेसम्म नखुलेका कारण चलचित्रको प्रदर्शन मिति अझैपनि अन्योलमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : २९ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको