स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते | Khabarhub Khabarhub

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा ९ बसन्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् ।

थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको बसले लु २० प २४३७ नम्बरको मोटरसाइकललाई भित्री सडकमा ठक्कर दिएको थियो । बसको ठक्करबाट मध्यविन्दु नगरपालिका १३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो ।

कुमालको चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए ।

दुर्घटनामा परी मध्यविन्दु नगरपालिका १३ निवासी मनु विक र सोही ठाउँकै २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । घाइते दुबैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ठक्कर दिएको बस प्रहरी चौकी चोरमाराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ०४ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री