लकडाउन हटाउने बेलायतको तयारी | Khabarhub Khabarhub

लकडाउन हटाउने बेलायतको तयारी


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलदै गएपछि बेलायतले दोस्रो पटक गरेको लकडाउन हटाउने तयारी गरेको छ ।

बेलायतले क्रिसमसका बेला लकडाउन खुकुलो बनाउन लागेको हो । बेलायत सरकारले डिसेम्बर २ मा लकडाउन हटाउने भएको हो ।

यद्यपि अझै पनि जोखिम र सङ्क्रमण वृद्धि भइरहेका स्थानमा भने अरू प्रतिबन्धहरू कायम नै हुनेछन् ।

लकडाउन हटाउने योजनासहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत साता ‘कोभिड विन्टर प्लान’ घोषणा गरेका थिए ।

सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ ।

अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन्  ।

कोभिड-१९ को सङ्क्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म देशब्यापी लकडाउन गरेको थियो ।

यसअघि मार्च अन्तिम हप्तादेखि त्यहाँ पहिलो पटक करिव तीन महिना लकडाउन गरिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ३८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर