स्वार्थ र लेनदेनको एकता अर्को सम्झौतापछि मिल्छ : पूर्वमन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

स्वार्थ र लेनदेनको एकता अर्को सम्झौतापछि मिल्छ : पूर्वमन्त्री बाँस्कोटा


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले पार्टी एकता लेनदेनमा अडेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले लेनदेन र स्वार्थमा पार्टी एकता अडेको बताएका हुन्।

सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको संकट उत्पन्न नभएकाले अर्को सम्झौतापछि समस्या समाधान हुने उनको तर्क छ ।

‘सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको सङ्कट उत्पन्न भएको भए पो सङ्कट मान्नु’, उनले भनेका छन्, ‘लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भइहाल्छ नि! बेकारको हल्ला।’

यस्तो छ उनको ट्वीट

राजदूत नियुक्ति, मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसहित लाई लिएर नेकपा विवाद पार्टी विभाजनको सँघारसम्म पुगिसकेको छ।

महिनौंसम्म चलेको नेकपाको आन्तरिक किचलो भदौ २६ को स्थायी कमिटीको बैठकपछि साम्य भएको महिना दिन काट्न नपाउँदै नेकपाभित्रको विवाद पुनः उत्कर्षमा पुगेको हो।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ०० बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट