गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण बढ्दो | Khabarhub Khabarhub

गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण बढ्दो


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् ।

सङ्घका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र यसका कारण कसैको पनि मृत्य भने भएको छैन ।

हालसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ ।

गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितमध्ये मुक्त हुनेहरुको सङ्ख्या बढेको छ । गत हप्तासम्म सङ्क्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकामा यो साता ७६ दशमलव नौ प्रतिशत पुगेको छ ।

उक्त सङ्घले अति आवश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरोनाका कारण बेलायत फ्रान्स, बेल्जियम र जर्मनीजस्ता मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न उक्त सङ्घले आह्वान गरेको हो ।

सङ्घका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नाका साथै सार्वजनिक स्थलहरुमा निस्किँदा सकेसम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : १२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र