भाडा सूची नटास्नेलाई कारबाही गरिने | Khabarhub Khabarhub

भाडा सूची नटास्नेलाई कारबाही गरिने


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण(लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

शुक्रवारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले जनाएको छ भने आज शनिबार पनि यो अभियानलाई निरन्तरता दिईएको थियो ।

सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।

उनले सवारी साधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिए ।

यात्रुवाहक सवारीसाधनले प्रचलित तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौ उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै महाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने लगाएत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन उपर पनि कडाईका साथ कारवाही अभियान मार्फत कारवाही गरिरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : ०५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको