सिटी र युनाइटेड विजयी हुँदा बर्नली र ब्राइटन पराजित | Khabarhub Khabarhub

सिटी र युनाइटेड विजयी हुँदा बर्नली र ब्राइटन पराजित


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इएफएलको अन्तिम १६ मा म्यान्चेस्टर सिटीले बर्नलीमाथि फराकिलो जीत हात पारेको छ ।

बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिटीका लागि रहिम स्ट्रलिङले दुई र फेरान टोरेसले एक गोल गरे ।

गोलरहित बराबरी चलिरहेको खेलमा सिटीका स्ट्रलिङले ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले अघि रहेको सिटीका लागि स्ट्रलिङले व्यक्तिगत र टीमका लागि ४९ औं मिनेटमा गोल गर्दै दोहोरो अग्रता दिलाएका थिए ।

२–० को सहज अवस्थामा रहेको सिटीका लागि टोरेसले ६५ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–० गोलको फराकिलो अवस्थामा पुर्‍याएका थिए ।

बर्नलीले सिटीविरुद्ध गोल फर्काउन नसक्दा हार व्येहोर्न पुग्यो ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–० कै अन्तरमा पराजित गरेको छ । ब्राइटनविरुद्ध युनाइटेडका स्कट म्याकटोमिनेले ४४ औं मिनेटमा, जुआन माटाले ७३ औं मिनेटमा र पाउल पोग्वाले ८० औ मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ५५ बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल