बलिउडमा 'ड्रग्स' लिनेमा नायिकापछि यी अभिनेताहरुको नाम जोडियो | Khabarhub Khabarhub

बलिउडमा ‘ड्रग्स’ लिनेमा नायिकापछि यी अभिनेताहरुको नाम जोडियो


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

मुम्बई – बलिउडमा लागुऔषध (ड्रग्स) को प्रयोग गर्नेमा नायिकापछि एकैपट चार जना अभिनेताको नाम मुछिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले गरेको अनुसन्धानमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

दैनिक भाष्करले एनसीबीका अधिकारीको हवाला दिँदै अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्दै आएको बताएको छ ।

दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले उल्लेख गरेको छ ।

बलिउड नायकहरुको नाम लिँदा ती अधिकारीले ए, डी, आर र एस कोडमा नाम प्रयोग गरेको र ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डी’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणवीर कपूर र ‘एस’ को अर्थ शाहरुख खान भएको दाबी गरिएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि बलिउड नायिका दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर लगायतका नायिकाहरूले ड्रग्स सेवन गरेको विवरणहरू सार्वजनिक भएका थिए ।

गत जुन १४ मा सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड सेलिब्रेटीले लागुऔषध सेवन गर्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ३५ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका