फुटबलर डेभिड सिल्भालाई पनि कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

फुटबलर डेभिड सिल्भालाई पनि कोरोना संक्रमण पुष्टि


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको हो ।

कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।

स्पेनिस मिडफिल्डर सिल्भाले दुई साताअघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए । ३४ वर्षीय सिल्भा म्यान्चेस्टर सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् ।

सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए । उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए ।

उनले प्रिमियर लिगमा ३ सय ९ खेल खेल्दै ६० गोल गरेका थिए । र, सिटीलाई सन् २०१३, १८, १८ र १९ मा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सिल्भाले दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका थिए । सिल्भा स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए । उनले स्पेनबाट युरो २००८ र २०१२ को उपाधि समेत जितेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : २३ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण