भारतमा कोरोना संक्रमित बढ्दै, एकैदिन ६० हजार थपिए | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित बढ्दै, एकैदिन ६० हजार थपिए


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनेको भारतमा दैनिक रूपमा थपिने संक्रमित संख्या ६० हजार नजिक पुगेको छ।

वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन फेला परेका आजसम्मकै धेरै संक्रमित संख्या हो।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ।

यस्तै कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ५१ भएको छ। संक्रमित संख्या बढ्दै गएको भारतमा कोरोनाबाट निको हुनेदर ६४.५२ प्रतिशत रहेको छ।

भारतको पछिल्लो तथ्यांकले आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। यसअघि महाराष्ट्र, दिल्ली र तमिलनाडु संक्रमणको केन्द्रबिन्दु बनेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १२ : ३५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र